सेन्ट्रल जेलबाट भागेका रायमाझी डिल्लीबजार कारागारमा उपस्थित
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागार (सेन्ट्रल जेल) बाट भागेका पूर्वसांसद टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागारमा उपस्थित भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी, विघटित प्रतिनिधिसभामा अर्घाखाँची क्षेत्रबाट निर्वाचित सांसद हुन्।