गण्डकीमा ४ हजार किशोरी आमा
बागलुङ, साउन २३ । कानूनले २० वर्ष नपुगी विवाह गर्न बर्जित गरेको छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। तर न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।