ओखलढुंगामा गाडी दुर्घटना: एकै गाउँका चारजनाको मृत्यु
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चारजना यात्रुको दुर्घटनामा ज्यान गएको छ । सुनकोसी गाउँपालिका-९ कटुञ्जेमा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।