३० हप्ता मै जन्मिएका जुम्ल्याहा बच्चाहरु २ महिनाको सघन उपचारपछि जोखिममुक्त
काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको जनाएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो ।