एलजीबीटीआईका लागि सुलभ स्वास्थ्य सेवा, न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायलाई लक्षित गरी काठमाडौँको थापाथलीमा सुलभ र समावेशी स्वास्थ्य सेवा सुरु हुने भएको छ। ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य संस्था’ को सहकार्यमा यो विशेष कार्यक्रम सुरु हुन लागेको हो