‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तरराष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तरराष्ट्रिय सहकार्यलाई अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । सगरमाथा संवादको समापन कार्यक्रममा उनले सगरमाथा संवादले जलवायुजन्य सङ्कट कम गर्नका लागि सबैको सहकार्य बलियो बनाउन भूमिका खेलेको बताए ।