स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा इन्भेष्टमेण्ट मेगा बैंकका सिईओ पक्राउ
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी प्रकरणमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान