अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र प्रधानमन्त्रीलाई सभामुखद्वारा हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरु प्रधानमन्त्री ओलीलाई आज सभामुख देवराज घिमिरेले हस्तान्तरण गरेका हुन्