काठमाडौं । काठमाडौंमा हुरीबतासहितको वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको छ ।
हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।
यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले आग्रह गरेको छ ।




















