मोरङ । मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी विजयी भएका छन्। उनले ४० हजार ८३३ मत ल्याएर विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरेका हुन्। घिमिरेले १२ हजार ८१८ मत ल्याए। त्यस्तै नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत ल्याए।



















