काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की आज बिहान करिब साढे १० बजे राष्ट्रपति निवास शीतलनिवास पुगेकी थिइन्।
उनीहरूबीच करिब आधा घण्टा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनसँग सम्बन्धित विषयमा पनि छलफल भएको बताइएको छ।




















