काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि शनिबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।
यससँगै चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।



















