
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. १ मा मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् । जलेको सिंहदरबार निर्माणका लागि आफूले उम्मेदवारी दिएको रेग्मीले बताएका छन् ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि माघ ६ गते देशैभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भइसकेको छ ।
लेखा व्यवसायीहरुको पेशागत छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) काे अध्यक्ष भइसकेका इमानदार, कर्मठ र परिणाममुखी नेताको रूपमा परिचित रेग्मीले आफूलाई मतदान गरेर विजयी गराउन सबै सचेत नागरिक, युवा र परिवर्तन चाहने मतदातालाई अपिल गरेका छन् ।
विकास, सुशासन र स्थायित्वका लागि, काठमाडौँ–१ को उज्यालो भविष्य लागि सूर्य चिन्हमा मत माग्दै रेग्मीले काठमाडौं १ का विभिन्न व्यक्तित्वहरुसँग भेटघाट तथा छलफल शुरु गरेका छन् ।
स्थानीय क्षेत्रकै जनप्रतिनिधिलाई जिताउँदा पछिका लागि पनि सजिलो हुने भन्दै स्थानीयले अत्यन्त इमान्दार सबैका प्रिय रेग्मीलाई मतदान गर्ने प्रतिवद्धता जनाएका छन् । अहिलेकाे निर्वाचन जलाउने र बनाउने बीचको लडाइ भएको बताउँदै रेग्मीले आफ्नो क्षेत्रमा पर्ने सिंहदरवारकाे पुननिर्माण गरेरै छाड्ने बताएका छन् ।
धेरै वर्षदेखि यस क्षेत्रले स्थानीय उम्मेदवार नपाएको अवस्थामा यस पटक स्थानीय प्रतिनिधि पाएको बताउँदै रेग्मीले भने “यस क्षेत्रमा वागमती, धोवी खोला पर्ने र खोलाबाट ४० मिटर भित्रका वस्ती हटाउने कुरा थियो । त्यसले धेरै स्थानीय प्रभावित हुने थिए । त्यो समस्याको समाधानका लागि एमालेले पहल गरेको छ । सर्वोच्च अदालतबाट २० मिटरको फैसला भएको छ । त्यसको कार्यान्वयन गराउन हामी लाग्छौं ।”
वस्ती व्यवस्थित बनाउने, डुवान र कटान समस्या हटाउन पहल गर्ने बताउँदै रेग्मीले आफू स्थानीय भएकाले पनि जित्न दावी गरेका छन् । नेकपा एमालेका नेता मदन भण्डारी, प्रदिप नेपाललगायतले जितेको यो क्षेत्रमा यस पटक एमालेले अत्याधिक मतले विजयी भएर इतिहास दोहोर्याउने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।
नेकपा एमाले विना देशको समृद्धि सम्भव नभएको बताउँदै रेग्मीले आज तराईदेखि हिमाली भेगसम्म, पूर्वदेखि पश्चिमसम्म बनेका बाटोहरु प्रायः सवै एमालेका पालमा बनेको बताउँदै रेग्मीले सुरुङमार्ग, फ्लाइ ओभर, पुल निर्माण, सिंचाई, भौतिक पूर्वाधार निर्माण, आर्थिक अवस्थाको सुदृढिकरण, शिक्षा, स्वास्थ्य, खेलकुद पूर्वाधार निर्माणलगायत यावत काम गरेकाले पनि जनताले सूर्य चिन्हमा मतदान गर्ने बताएका छन् ।





















