काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएपछि सरकारको प्रवक्ताको पद रिक्त रहेको थियो।




















