काठमाडौं । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंको बयान लिइसकेपछि हिरासतमा राखिरहन आवश्यक नदेखिएकाले आफन्तको जिम्मामा हाजिर जमानीमा छोडिएको हो।
प्रसाईं पोखराको लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा हिजो चाउथेबाट पक्राउ परेका थिए। कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसा लिएर निर्णय गरेको भन्ने अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रिया अघि बढाउन अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो।




















