काठमाडौं । पछिल्ला केही दिनदेखि सुन र चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। यसैक्रममा बुधबार पनि दुवै धातुको मूल्य अघिल्लो दिनको रेकर्ड नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। एकै दिन प्रतितोला ३१५ रुपैयाँले बढेर चाँदीको भाउ ५ हजार ६५५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।



















