काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५.०० विन्दुमा अडिएको छ। यसअघि आइतबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।
यसदिन ३३३ स्क्रिप्सको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले घटे पनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाइ प्यानल नेपाल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर १० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। राधी विद्युतले ३१ करोडको सेयर कारोबार गर्दा मञ्जुश्री फाइनान्सले २७ करोड, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रिजले २५ करोड र शिवम् सिमेन्टले २४ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ७५ वटा स्टक्सको मूल्य बढ्दा १७८ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। चारवटा समूहको उपसूचक बढ्दा बाँकी ९ समूहको उपसूचक नकारात्मक देखिए।


















