पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार जिपमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले बताए।
घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




















