काठमाडौँ । एमाले केन्द्रीय कमिटी दोस्रो दिनको बैठक शुरु भएको छ । आज पनि अध्यक्ष केपी शर्मा ओलीले सञ्चालन गरेको वैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न थालेका छन् ।
विगतमा बैठक महासचिवले सञ्चालन गर्ने गरेकाले केही सदस्यहरुले यस पटक किन अध्यक्ष आफैले सञ्चालन गर्नु भयो भन्ने प्रश्न गरेका छन् ।
जवाफमा अध्यक्ष ओलीले बैठक चलाउने, समय तोक्ने काम, बैठकको नियन्त्रण गर्ने अध्यक्षको जिम्मा भएपनि पहिलो महासचिवले सघाउँदै आएको बताए ।
बैठको पहिलो दिन सोमबार अध्यक्ष ओलीले ८८ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
आज दोस्रो दिन मंगलबार त्यस प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्न सुरु गरेका छन् । यो समाचार तयार पर्दासम्म केन्द्रीय सदस्यद्वय ठाकुर गैरे र कर्ण थापाले अध्यक्ष ओलीको प्रतिवेदनमा धारणा राखिसकेका छन् ।
विगतमा भन्दा यस पटकको वैठकले अनुशासित, मर्यादित र व्यवस्थित गर्न अध्यक्ष ओलीको निर्देशनमा कडाइ गरिएको छ ।
मोबाइल निषेध गरिएको छ भने बैठकबाट बाहिर जानुपर्दा र बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति लिनु पर्ने छ ।




















