हेटौँडा (मकवानपुर) । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन् । उनले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराएका हुन् । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए । आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएका थिए ।




















