काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।
भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा पछिल्लो विपद्को अवस्था, राहत तथा पुनर्स्थापना र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ।




















