काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो।
बैठक सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा विहान ११ बजे बस्नेछ। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका सम्बन्धमा बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिए।
यसअघिको सर्वदलीय बैठकमा निर्णय गरिए पनि हालसम्म उच्च स्तरीय राजनीतिक संयन्त्र बन्न सकेको छैन।




















