मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार इभीमा आठ जना सवार थिए । उनीहरूमध्ये छ जना पुरुष र दुई जना महिला थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।




















