काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान विदेश जाने क्रममा राकेशकुमार रावललाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार रावल नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए। विमानस्थलमा नियमित जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीसँग सम्बन्धित कालोसूचीमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका रावलमाथि आवश्यक अनुसन्धान तथा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




















