काठमाडौं । अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नजाने भएका छन्। प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्री शिशिर खनाललाई राष्ट्रसंघको महासभामा पठाउन लागेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।




















