काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसलाई पछाडि पार्ने, गरिब बनाउने अनि केही भयो कि सिधै गोली ठोक्ने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले नेपाली सेना मधेसमा जाने वितिक्कै विदेशमी सेनाको रुपमा देख्ने मनोविज्ञान विकास हुने बताएका छन् ।
उनले मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञान रहेको स्पष्ट पारेका छन् । सांसद सिंहले नेपाली सेना मधेस जाने वितिक्कै गोली ठोक्ने गरेको समेत आरोप लगाएका छन् । उनले टियर ग्यास र लाठ्ठी चार्ज भएको त्यहि नदेख्ने समेत बताए ।
उनले सरकारले आर्मी, सशस्त्र र प्रहरी हजारौंको संख्यामा नियुक्त गर्ने गरेको बताउँदै प्रश्न गरे, ‘मधेसमा शिक्षक किन नियुक्त हुन सक्दैन ?’ उनले सरकारसँग सेना, प्रहरी नियुक्तिका लागि पैसा रहेको बताउँदै शिक्षक, डाक्टर, इन्जिनियर नियुक्तिका लागि पैसा छैन ?’ उनले मधेसलाई पछाडि पार्ने, गरिब बनाउने र जब केहि भयो भने गोली ठोक्ने, यो अन्त्य हुनुपर्ने बताए ।




















