जनकपुरधाम। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहाको गोलबजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश जारी गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म गोलबजार नगरपालिकाको पूर्वमा कसाह खोला, पश्चिममा चोहर्वा चोक, उत्तरमा सैनिक चोक र दक्षिणमा राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा आवतजावत, भेला तथा गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू लागू भएसँगै सम्भावित अप्रिय घटना रोक्न उक्त क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रशासनले जनाएको छ।




















