खोटाङ । खोटाङमा छुट्टाछुट्टै स्थानमा आएको बाढीले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राईलाई शनिबार स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको हो।
यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।



















