काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चार गृह बाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही गर्नपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका छन् ।
मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका बिषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका हुन् । उनले उक्त घटनामा रास्वपाका नेता वा कार्यकर्ता जसको संलग्नता भए पनि कारवाही हुनुपर्ने बताए ।
सभापति लामिछानेले प्रधानमन्त्रीसंग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका बिषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिए । त्यस्तै सुकुम्बासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको लामिछानेले बताए ।




















