काठमाडौँ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटनाग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–८ स्थित गैरापाटन क्षेत्रमा बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो।
घटनास्थलमा रहेका वडाध्यक्ष हरिश विष्टले दुर्घटनामा घाइते भएका १६ जनाको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार अन्य यात्रुको खोज तथा उद्धार कार्य अझै जारी छ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा संयुक्त रूपमा उद्धारमा खटिएका छन्। दुर्घटनाको कारण र बसमा सवार यात्रुको यकिन विवरण भने सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।




















