काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । मतदान प्रक्रियापछि प्रतिनिधिसभाले बहुमतका आधारमा विनियोजन विधेयक पारित भएको घोषणा गरेको हो।
विनियोजन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेको बजेट कार्यान्वयनको संवैधानिक र कानुनी आधार सुनिश्चित भएको छ।




















