काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको र सनाखत हुन बाँकी छ ।
पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको बताइएको छ ।




















