काठमाडौं । एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने यो प्रतिस्पर्धा आइतबार बिहान ७:१५ बजे सुरु हुँदैछ ।
दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन् ।
नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिम घोषणा गरेको छ । केही दिन अगाडि सिंगापुर पुगेको नेपाली टिम दुई दिनको अभ्यासपछि चीनसँग प्रतिस्पर्धाका लागि तयार छ । समूह विजेता बन्दै एसियाली खेलकुदमा छनोट हुने नेपालको लक्ष्य छ ।
टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन् ।




















