काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको खर्च सार्वजनिक गरेको छ। आज सार्वजनिक भएको खर्च विवरण अनुसार ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्रदान गरेको थियो।
कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा प्रति मतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च हुन आएको छ।



















