काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने, नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने तथा आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य अघि सारिएको छ ।
यस्तै, विभिन्न क्षेत्रगत सुधारका कार्यक्रम समेट्दै सरकारले नयाँ चरणको आर्थिक सुधार शृंखलाअन्तर्गत बृहत् कानुनी तथा संस्थागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।




















