काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी सिरिजका लागि नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीको कप्तान रोहित पौडेल रहेका छन् भने उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन्।
घोषित टोलीमा कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसीसहितका खेलाडी समावेश छन्।
यस टोलीको सबैभन्दा ठूलो आकर्षणका रूपमा इशान पाण्डेको कमब्याकलाई लिइएको छ। इशान पाण्डे ले ७ वर्षपछि राष्ट्रिय टोलीमा पुनः स्थान बनाएका हुन्। उनले यसअघि सन् २०१९ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
पाण्डेले हालैको प्रधानमन्त्री कप तथा नेपाल ‘ए’ टोलीबाट स्कटल्याण्ड र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए।
सिरिज मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा सञ्चालन हुनेछ। यसअघि ओमान र यूएईसँगको सिरिजमा नेपालले चारमध्ये तीन खेल जितेको थियो ।





















