वीरगन्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा छोड्न आदेश दिएको छ । फागुन २१ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा नेकपाबाट उम्मेदवार रहेका चौधरीलाई चुनावको ठिक दुई दिनअघि उनी सवार गाडीमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको थियो ।
विष्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि हाल वीरगन्ज कारागारमा रहेका नेता चौधरीलाई उच्च अदालतले पर्सा जिल्ला अदालतको चैत १२ गतेको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश गरेको हो ।



















