
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका नव–नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले औपचारिक रूपमा दर्ज्यानी चिह्न ग्रहण गरेका छन्।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो। यससँगै उनले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेका छन्।
यसअघि कार्यरत आईजीपी राजु अर्याल १८ वैशाखदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा पौडेल नियुक्त भएका हुन्।




















