काभ्रे । वर्षाका कारण दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्ग रोशि गाउँपालिकास्थित सडक खण्डको ५ स्थानमा ड्राइभर्सन निर्माण भएको जनाएको छ ।
कार्यालयका अनुसार रोशी गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा अस्थायी बाटो निर्माण सकेपछि सड़क खुलेको छ । अस्थायी ड्रैभर्सन निर्माण सकेर बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्ग खुलाउनको लागि सडक डिभिजन, स्थानीय सरकार मिलेर सड़क खुलाउने काम भएको प्रहरी निरीक्षक धाजुले बताए । दुईदिन परेको पानीले रोशि खोला बढेपछि पूर्वबाट धुलिखेल तर्क आउने सवरी खुर्कोटमा होल्ड गरेको थियो ।
बीपी राजमार्ग बन्द भएपछि पुष्पलाल मार्ग रामेछाप,दोलखा हुँदै काठमाडौं जाने सवारी साधन लामो दुरी पार्न गर्न बाध्य थिए । गत वर्षको बाढीले राजमार्ग पूर्ण क्षति पुगेपछि हाल सामन्य वर्षा भएसँगै राजमार्ग बन्द भएको हो।




















