जनकपुरधाम । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको जितसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको छ । प्रत्येक टिमले ९/९ वटा खेल खेल्ने तालिका रहेकोमा आजको खेलमा मधेश प्रदेश हारेसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको हो । केही खेल हुन बाँकी रहेको अवस्थामा त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले फाइनलमा प्रवेश गरेको हो ।
९ खेलमध्ये ८ वटा खेल खेलेको त्रिभुवन आर्मी १५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ । वर्षाका कारण एउटा खेल रद्द भएको र बाँकी खेलमा त्रिभुवन आर्मीले जित निकालेको हो ।
यस्तै, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले ९ खेलमा ६ जित र ३ हारसहित १२ ल्याएर दोस्रो स्थानमा छ । यस्तै, ९ खेल खेलेकोमा ११ अंक सहित एफिएफ क्लब तेस्रो स्थानमा छ । एफिएफको ५ खेलमा जित, ३ खेलमा हार र एउटा खेल वर्षाको कारण रद्द भएको थियो ।
नेपाल पुलिस क्लबले ८ खेल खेलेकोमा ९ अंक सहित चौथो स्थानमा छ । पुलिस क्लबले ४ मा जित र ३ मा हार बेहोरेको थियो भने एउटा खेल वर्षाको कारण रद्द भएको थियो ।
पाँचौ स्थानमा रहेको मधेश टिमले ८ खेल खेलेकोमा ९ अंक सहित पाँचौ स्थानमा छ । मधेशले ४ मा जित निकालेको छ भने ३ वटामा हार व्यहोरेको छ । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।
यस्तै, बाग्मती प्रदेश ८ खेलमा ४ जित र ४ हार सहित ८ अंक ल्याएर छैठौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले ७ खेलमा ७ अंक सहित सातौ, गण्डकी ८ खेल खेलेकोमा ७ अंकसहित आठौँ र कर्णाली प्रदेश ८ खेल खेलेकोमा एउटामा जित निकाल्दै ३ अंक सहित नवौ स्थानमा छ ।
यस्तै, आफ्नो ९ वटै खेल खेलीसकेको कोशी प्रदेश यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जितविहिन बन्न पुग्यो । एउटा खेल वर्षाका कारण रद्द भएकोमा १ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।




















