काठमाडौँ । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ। हेटौंडाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.ए.बि ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो ।
दुर्घटना दक्षिणकाली–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट करिब ७ सय मिटर तल खस्दा भएको प्रहरीले जनाएको छ। घटनामा काठमाडौँ बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त सवारीसाधन निकाल्ने प्रयास भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




















