काठमाडौँ । दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ ।
प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात जितेको हो । अघिल्लो वर्षको विजेता गुल्मीले फाइनल खेलमा नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले पराजित गरेको हो ।
उपाधिसँगै गुल्मीले नगद रु एक लाख, ट्रफी र मेडल र दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले रु ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
यही चैत २५ गते सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको थियो । प्रतियोगितामा रूपन्देही तेस्रो र प्युठान चौथो भएका छन् ।
रूपन्देहीले प्युठानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान कायम गरेको हो । रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।




















