काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ ।
आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेर ओलीलाई प्रहरी परिसर काठमाडौंमा लगिएको थियो । लगत्तै नियमित स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिवि अस्पताल पुर्याएको हो।
अस्पतालबाट ल्याएर हिरासतमा राख्ने तयारी भएपनि स्वास्थ्य परीक्षणका क्रममा भर्ना गर्नुपर्ने देखिएको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणका बिरामी ओलीको रगत, पिसाब, मुटु, भिडियो एक्सरे लगायतका परीक्षण गरिएको थियो । डाक्टरको सल्लाह र सिफारिस बमोजिम ओलीलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार आज सार्वजनिक बिदा भएकाले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि आइतबार लगिनेछ । यता पूर्व गृहमन्त्री रमेश लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।



















