काठमाडौं । केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अस्पतालका अनुसार उनलाई ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ, जहाँ जटिल अवस्थाका बिरामीहरूको निगरानी गरिन्छ ।
ओली मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले विशेषज्ञ चिकित्सकको टोलीले विस्तृत स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ । प्रारम्भिक जाँचपछि चिकित्सकको सिफारिसअनुसार थप उपचार प्रक्रिया अघि बढाइने जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
पक्राउ लगत्तै अस्पताल लगिएको घटनाले सुरक्षा र स्वास्थ्य दुवै पक्षलाई ध्यानमा राखिएको देखिएको छ भने यस प्रकरणले राजनीतिक र कानुनी बहसलाई अझ तीव्र बनाएको छ ।




















