रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ भने उनीहरुसँगै गएकी एक किशोरी बेपत्ता भएकी छन् ।
बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको छ भने १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ ।
हिजो छिमेकीको विवाहमा गएका उनीहरुलाई घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।


















