रौतहट । रौतहट क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार डा.मोहमद फिर्दोस आलम ११ हजार ८६ मतान्तरका साथ विजयी भएका छ्न।
उनले २९ हजार ५ सय २८ मत पाएका छ्न। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् ।



















