काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी सुरुवात गर्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रञ्जु दर्शना (न्यौपाने)ले ९ हजार ७८ मत पाएकी छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री भन्दा करिब पाँच हजार मतले अगाडि छन् ।
प्रबल थापाले अहिलेसम्म ४ हजार ८८ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले २३ सय ५५ मत पाएका छन् । यो क्षेत्रमा चौथो स्थानमा रहेको एमालेका मोहनराज रेग्मी ७४५ मत पाएका छन् ।


















