काठमाडौं । सरकारले खाडी मुलुक जाने नेपालीहरुको श्रम स्वीकृति स्थगित गरेको छ । इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण मध्य पूर्वको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि श्रम स्वीकृतिको काम स्थगित गरेको हो ।
यो निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इजरायल गरी १२ देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको हो ।
यी देश नेपालीहरुको श्रम गन्तव्यका रुपमा रहेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्य पूर्वमा बढेको तनावका कारण असुरक्षा बढेको भन्दै श्रम स्वीकृति रोकिएको जानकारी दिए । सरकारको यस निर्णयले नेपालीको वैदेशिक रोजगारीमा असर परेको छ ।





















