काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैंजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ ।
काठमाडौं डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ । आज अपराह्न मनमैंजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो । दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । (रासस)



















