विराटनगर । आज शिवरात्रि, बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा ४२० किलो गाँजा बरामद भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद गरेको हो ।
भित्री सडक हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।
सो गाडीको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।




















